आज ४ बजे देखि कांग्रेस उपसभापतिको मत गणना गरिने, महामन्त्रीको कहिले ?

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेस उपसभापतिको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको केन्द्रीय निर्वाचन समितिका सचिव केशब रिजालले बताए। उनले भने,’ ४ बजेपछि मतगणना सुरु हुन्छ। त्यसका लागि तयारी भइरहेको छ। मतपरिणाम पनि आजै आउँछ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिबाहेक अन्य पदको मतगणनाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बसेको थियो । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ ।