शेखरले मतदातालाई धन्यवाद ज्ञापन गर्ने, मन खुसी पार्ने

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले मतदातालाई धन्यवाद दिन एक कार्यक्रमको आयोजना गरेका छन् ।

कोइराला समूहले बुधबार(आज) दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ।

सभापतिका उम्मेदवार कोइराला शेरबहादुर देउवासँग ९०७ मतान्तरले पराजित भएका थिए। देउवाले २ हजार ७२४ मत ल्याउँदा कोइरालाले १ हजार ८१७ मत प्राप्त गरे।