फेसबुकमा कमेन्ट गर्न नमिल्ने गरी प्रकाशमानले किन दिए देउवालाई बधाई ?

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बधाई तथा शुभकामना दिएका छन्। तर, उनले फेसबकुमा दिएको बधाईमा कमेन्ट भने गर्न नमिल्ने बनाएको छन्।

सामाजिक सञ्जालमा टिकाटिप्पणी र अश्लिल शब्द प्रयोग गरेर कमेन्ट आउन सक्ने देखेर उनले त्यस्तो बनाएको उनीनिकट नेताले बताए।
उनी सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा प्रत्यासी थिए। तर दोस्रो चरणमा सभापतिका लागि मतदान हुने भएपछि उनले आफ्नो समर्थन शेरबहादुर देउवालाई रहने बताएका थिए।