संसद् बैठक सुरु हुनासाथ एमाले सांसदले गरे नाराबाजी

  • प्रकाशित मिति : २०७८ मंसिर २८, मंगलवार
  • chhanbin.com

संसद् बैठक सुरु भएको छ । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुले संवैधानिक सर्वोच्चता कायम गर भन्दै नाराबाजी गरेका छन् । एमालेको अवरुद्धका बीच सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन्।

सरकारले जारी गरेका ६ अध्यादेशलाई पहिलो बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।