गन्न बाँकी रहेको नौ सय बाट ५४२ मत ल्याए देउवा सभापति निर्वाचित हुने, कति आयो अहिले ?

  • प्रकाशित मिति : २०७८ मंसिर २८, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ३७३९ । शेरबहादुर देउवा– १७९८, शेखर कोइराला– १४१३, प्रकाशमान- २८६, निधि- २०१ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । अब गन्न ९ सय बाँकी छ। देउवालाई बहुमत ल्याउन ५४२ मत आवश्यक छ। त्यहि प्राप्त गर्न सके देउवा पहिलो चरणमै सभापतिमा निर्वाचित हुन्छन।