इसीडी शिक्षकलाई कुन-कुन स्थानीय तहले तलब दिएनन् त्यसको तथ्यांक ल्याउन मन्त्रीले दिए निर्देशन

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसीडी शिक्षक) लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएका छन् । सोमबार शिक्षक महासंघका पदाधिकारीसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताएका हुन् ।

‘इसीडीका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ, ‘उनले भने, ‘सरकारले गरेको निर्णय कडाइपूर्ण गराउन स्थानीय तहलाई निर्देशन दिएका छौं ।’ देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि जानकारी दीए ।

‘देशका धेरै स्थानीयले सरकारको निर्णयअनुसार तलब दिएका छन्, उनले भने, ‘अन्य मन्त्रालयसँग समन्वय गरी परिपत्र गछौं ।’ यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पुर्‍याउने उल्लेख गरेको थियो ।