पत्रकारको आडमा ठगी गर्ने युवती कार्कीलाई प्रहरीले खोरमा जाक्यो

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

भारतीय टेलिभिजन ‘जी न्युज’ की नेपाल संवाददाता एञ्जिना कार्की पक्राउ परेकी छन् । महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई चार दिनअघि पक्राउ गरेको जनाएको हो ।

जनसेवा प्रहरीका अनुसार कार्कीमाथि व्यवसायीलाई विभिन्न प्रलोभनमा पारेर ठगी गरेको उजुरीपछि उनी पक्राउ परेकी हुन् । प्रहरीले उनको साथबाट जी न्युजको प्रेस कार्ड पनि बरामद गरको छ ।

‘हामीले व्यक्तिभन्दा व्यवसायीलाई प्रलोभनमा पारेर ठगी गरेको आरोपमा पक्राउ गरेका हौँ । उनीमाथि व्यवसायीलाई ट्रयापमा पारेर ठगी गरेको देखिन्छ,’ प्रहरी वृत्त जनसेवाका एक प्रहरी अधिकारीले भने ।