मेरा कारण सेयर बजार घट्ने बढ्ने भन्ने हुँदै होइन भन्दै यसरी जंगिए अर्थमन्त्री

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् । राजधानीमा आयोजित बिमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा भएका कम्पनी पनि सेयर बजारमा कारोबार भइरहेको तर, सेयर बजार घट्दा अर्थमन्त्रीलाई दोष मात्रै लगाइएको बताए ।

“एउटा समूह कुनामा बसेर अर्थमन्त्रीले सेयर बजार घटायो भनेर भ्रम छर्ने काम गरिरहेका छन्, यस्ता भ्रम छरेर ठग्लान् जोगिएर काम गर्नुस्” उनले भने । उनले कोरोनाको बिमा गराएर देश उत्कृष्ट मुलुक बनेको भन्दै व्यंग्य गरे । “हाम्रोमा कोरोना बिमा पनि भयो । महामारीको पनि बिमा गर्नसक्ने उत्कृष्ट देशमा पर्छाै” उनले भने,”विज्ञले के सुझाव दिएर यस्तो कार्य भयो ? अब त्यस्तो नहोस् ।”

पुनर्बिमा व्यवसाय पूर्णरुपमा नेपाली कम्पनीलाई दिने बिमा समितिको निर्देशनमा आफ्नो ध्यानाकर्षण भएको हुँदा मन्त्रालयले यसबारे अध्ययन गरिरहेकाे बताए ।