शनिबार चित्त फाटेपछि रोएका रामचन्द्रले महाधिवेशन प्रतिनिधिलाई भोलि हाँसी-हाँसी चिया खुवाउने

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

शनिबार पत्रकारहरूसँग कुरा गर्ने क्रममा रामचन्द्र पौडेल सार्वजनिकस्थलमै रोए। संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार खोज्न नसकेको र सभापतिमा दुई नेता (प्रकाशमान सिंह र शेखर कोइराला) ले दाबी नछाडेपछि उनी भावुक भएका हुन्।

यसअघि पनि प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिको साझा उम्मेदवार छान्न बसेको बैठकमा कुरा नमिलेपछि भावुक बनेका थिए।

उनै वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् । महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका पौडेलले सम्पूर्ण महाधिवेशन प्रतिनिधिका लागि चियापान कार्यक्रम राखेका हुन् ।

पौडेलको सचिवालयले भोलि मंसिर २८ गते मंगलबार बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना हुने चियापानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई निम्तो गरेको छ ।