प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभागृहमा भइरहेको कांग्रेसको मतदानमा भोट हालेर निस्किएका छन्। सोमबार मध्याह्न १२ बजेतिर उनी मतदानका लागि त्यहाँ पुगेका थिए। देउवा सभापतिका उम्मेदवार हुन्।
मतपत्र लिएर बुथभित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए। उनलाई मत हाल्न पौने घन्टा लागेको थियो।
नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ। मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ। मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ।
बिहान आठ बजे सुरु हुने भनिएको मतदान साढे ११ बजेतिर मात्र सुरु भएको थियो। सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले पनि मतदान गरेका छन्।