आफ्नै बटारिएपछि आपत् पर्यो देउवालाई, शेखर, विश्वप्रकाश र गगनको यसरी हुने भयो चाँदी कटाई

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

पहिलो चरणमै सभापति हुने ध्याउन्नमा लागिपरेका शेरबहादुर देउवा पहिलो चरणमै निर्वाचित हुन नसक्ने संकेत देखा पर्न थालेका छन्। कृष्ण सिटौला संग मोर्चाबन्दी गरेर आफु सुरक्षित हुन खोजेका देउवाले सबै चिज गुमाउने लक्षण देखिन थालेको हो।

महामन्त्रीमा आफ्नै गुटका एनपी साउद, ज्ञानेन्द्र कार्की, रमेश लेखक, विश्वप्रकाश शर्मासहितका नेतालाई छाडेर कृष्णप्रसाद सिटौला खेमाका प्रदीप पौडेललाई उम्मेदवार बनाएपछि नेताहरु आक्रोशित रहेका छन्। देउवाले धेरै समय असन्तुष्ट नेताहरुलाई सम्झाउन लगाउनुपर्दा अन्यत्र ध्यान दिन पाएनन्। यसैले देउवाले दोश्रो राउण्डमा पुगेर सभापति मै हार्नु पर्ने अड्कल स्वयम् देउवा क्याम्पमै हुन थालेको छ। त्यसको फाइदा शेखर गगन र विश्वप्रकाशले लिने कांग्रेसकै नेताहरुले बताउन थालेका छन्।

सो आक्रोशको फाइदा प्रकाशमान सिंह खेमाबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्मालाई हुन सक्ने विश्लेषण देउवा खेमाको छ र सो प्रभाव सभापतिमा पनि पर्न सक्ने उनीहरुले विश्लेषण गरेका हुन्। यसको अर्थ देउवा क्याम्पले सभापति सहित दुवै महामन्त्री गुमाउछ भन्ने नै हो।