गुडविल फाइनान्सले घोषणा गर्यो लाभांश, कति दिने भयो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्स सञ्चालक समितिको हालै सम्पन्न बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फाइनास्ले हाल कायम चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर कर प्रयोजनसहित ३.९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तवित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

हाल ८६ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपश्चात ९४ करोड ६१ लाख १५ हजार २ सय रुपैयाँ पुग्नेछ।