देउवा प्यानलले बनाएको पछिल्लो आधिकारिक सुची यस्तो छ (मतपत्र सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको आगामी कार्यकाल पनि नेतृत्वका लागि सभापति पदमा प्रतिस्पर्धारत प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्यानलमा शशांक कोइरालालाई पनि समेट्दै उम्मेदवारहरूको नयाँ सूची बनाएका छन्।

पौडेल र शशांकनिकटका नेतालाई पनि राखेर देउवा पक्षले आइतबार राति मतदातालाई उम्मेदवारको नयाँ सूची बाँडेको हो।

पहिले देउवा समूहको उम्मेदवार १२५ जना तोकिएका थिए। तीमध्ये हिजो आइतबार केहीले उम्मेदवारी फिर्ता पनि लिएका छन् भने केहीलाई अन्तिममा प्यानलबाट अलग पनि गरिएको छ।

पहिलेको सूचीमा पूरा नाम पनि थिएन। तसर्थ अहिलेको सूचीमा नाम फेरबदलसहित कृष्णकिशोर घिमिरे, नरेशबहादुर सिंह, शारदा पौडेल, सुधीरकुमार शिवाकोटी, उमेशजंग रायमाझी, रत्नबहादुर कार्की, जनकराज गिरी र कुन्दनराज काफ्ले थपिएका छन्। ​