दुई जोडीलाई ओलीले बनाए पोलिटब्यूरो सदस्य, को-को हुन् ओलीको रोजाईमा परेका दम्पत्ति ?

  • प्रकाशित मिति : २०७८ मंसिर २६, आईतवार
  • chhanbin.com

नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ। चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि दोस्रो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले पोलिटब्यूरो गठन गरेको हो।

यसरी पोलिटब्यूरो गठन गर्दा दुई दम्पति समेटिएका छन्। भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले आइतबार पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको हो।

पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्य पदेन पोलिटब्यूरो कमिटी सदस्य हुने व्यवस्था छ। जसअनुसार आइतबारको बैठकले ५४ जना पोलिटब्यूरो सदस्य मनोनित गरेको हो। पोलिटब्यूरोमा एमाले महासचिव शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्य समेटिएका छन्।

यस्तै, सचिव रघुविर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो पनि पोलिटब्यूरोमा अटाएका छन्। पोखरेल चितवन महाधिवेशनमा महासचिवमा निर्वाचित भएका हुन् भने शाक्य केन्द्रीय सदस्य निर्वाचित हुन्।

महासेठ चितवन महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए। महासेठकी श्रीमती जुलीकुमारीले पनि केन्द्रीय सदस्य जित हात पारेका थिइन्। एमालेको पोलिटब्यूरोमा १७ जना महिला समेटिएका छन्। जुली धनाढ्य उपेन्द्र महतोकी बहिनी हुन्।