कांग्रेसका उम्मेदवारको अन्तिम नामावली भयो प्रकाशित

  • प्रकाशित मिति : २०७८ मंसिर २६, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको अन्तिम नामावली प्रकाशित भएको छ । प्रकाशित अन्तिम नामावलीअनुसार सभापतिमा पाँच जनाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै उपसभापतिमा ७ तथा महामन्त्रीमा ६ जनाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सहमहामन्त्रीमा १९ जना प्रतिस्पर्धी रहेका छन् ।

अन्तिम नामावलीअनुसार सभापतिमा कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला र शेरबहादुर देउवा प्रतिस्पर्धामा छन् ।

त्यस्तै उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजय कुमार गच्छदार र सुजाता कोइराला प्रतिस्पर्धी छन् । उपसभापतिमा दुई जना निर्वाचित हुन्छन् ।

त्यस्तै गगन कुमार थापा, डा. प्रकाश शरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माबीच महामन्त्रीमा प्रतिस्पर्धा हुने भएको छ । महामन्त्रीमा दुई सिट हुने व्यवस्था छ ।