देउवालाई उठ्नै नसक्ने गरि पछार्छु भन्दै किन चम्किए निधि ?

  • प्रकाशित मिति : २०७८ मंसिर २६, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन्।

उनले पहिलो चरणमा कसैले पनि सभापति जित्न नसक्ने बताउँदै दोस्रो चरणमा मोर्चाबन्दी हुने बताएका हुन्। भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउने सम्भावना छैन। दोस्रो चरणमा देउवाइतर रहेका हामी सबै एक हुन्छौं।’

दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा शेखर कोइरालालाई सघाउने उनको भनाइ थियो।