सहमहामन्त्रीका उम्मेदवार चौधरीले उम्मेद्वारी फिर्ता लिए

  • प्रकाशित मिति : २०७८ मंसिर २६, आईतवार
  • chhanbin.com

थारु कोटाबाट कांग्रेस सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। संस्थापन (देउवा) पक्षीय चौधरीले बागी उम्मेदवारी दर्ता गराएकोमा अन्तिम समयमा आएर फिर्ता लिएका हुन्।

देउवा प्यानलबाट कृष्ण प्रसाद सिटौला समूहका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाइएपछि उनले बागी उम्मेदवारी दिएका थिए।

अब थारुतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी र तेजुलाल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ। उता, सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले पनि शेखर कोइरालाको टिमलाई समर्थन गर्नेगरी उम्मेदवारी फिर्ता लिएका छन्।