चिलिमे जलविद्युतले लाभांश घोषणा गर्यो, कति दिने भयो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २६, आईतवार
  • chhanbin.com

चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशत बोनस सेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते २५औं वार्षिक साधारण सभासमेत आह्वान गरिसकेको छ।