ज्योतिषीले जुराईदिएको साईतमै देउवाले गरे सभापतिमा उम्मेदवारी दर्ता

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले जारी १४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। देउवा निकट श्रोतका अनुसार देउवालाई ज्योतिषीले आज साढे ४ बजेको साईत उत्तम हुने बताएका थिए।

जारी महाधिवेशन अन्तर्गत शनिबार साढे चार बजे देउवाले उम्मेदवारी दर्ता गराएका हुन्। देउवाले प्यानल बनाईसकेका छन्।