२३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिए, ३०७ जना कोरोना मुक्त हुँदा एकको ज्यान गयो

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा २३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार ६७२ जनामा पीसीआर परीक्षण गरिएकोमा १९४ जनामा र ३ हजार ५०६ जनामा एन्टीजेन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३०७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ । यसैगरी देशमा हालसम्म ५ हजार ८८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।