समुहमा सहमति नभएपछि देउवा भेट्न गए शशांक, देउवाले किस्तीमा राखेर उपसभापति दिने

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

पौडेल पक्ष तितरबितर भएपछि शेरबहादुर देउवाले राहत महसुस गरेका छन्। सभापति देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच गठबन्धनको प्रयास शुरु भएको छ ।

स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् । दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका छन् । शेखर कोइराला छुट्टै प्यानल सहित सभापतिमा उम्मेद्वारी दिन हिडेका छन् भने सुजाता प्रकाशमानको प्यानल बाट उपसभापति लड्ने भएकी छिन। रामचन्द्र पौडेलले उम्मेद्वारी नदिने बताईसकेका छन्।