महतलाई देउवाले बोकेपछि को-को बिच्किए ? शेखरको टीममा को गयो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महतलाई अघि सार्ने भएको तयारी गरेको छ।

सभापति शेरबहादुर देउवा पक्षबाट ६ जनाले महामन्त्रीको दावेदारी गर्दै आएका छन्। उनीहरुलाई पछि पार्दै महत उक्त पक्षबाट महामन्त्रीको उम्मेदवार बन्न लागेका हुन्।

दुई जना महामन्त्री मध्ये एक जना कृष्णप्रसाद सिटौला गुटलाई दिने सहमति भएका कारण देउवापक्षले एक जनालाई मात्र उम्मेदवारको रुपमा अघि बढाउन लागेको हो।

यसअघि सिटौला र देउवा पक्षबीच प्रदिप पौडेल महामन्त्रीको उम्मेदवार बनाउने सहमति भएको जनाइएको थियो। महतले महामन्त्रीको दावेदारी पेस गरेपछि आकांक्षीहरु गृहमन्त्री बालकृष्ण खाण,एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र विश्वप्रकाश शर्मा रेस आउट भएका छन्। साउद शेखरको प्यानलमा उपसभापति हुने चर्चा समेत छ।