रामचन्द्रलाई कैंडा लागेपछि चम्किए शेखर, गगन र विश्वप्रकाश मध्ये कसको छ बढी भर ?

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

सहमति नहुने भएपछी बिरक्तिएका रामचन्द्र पौडेलले उम्मेद्वारी नदिने भएपछी शेखर कोइरालाले पनि सभापतिमा उम्मेद्वारी दिने भएका छन्। प्रकाशमानले छुट्टै तयारी गर्दै प्यानल निर्माण गर्ने तयारीमा छन्।

यद्यपि रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने खुलेको छैन । तर प्रकाशमानका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्न पौडेलनिकट नेताहरुको दबाब छ ।

शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ । शर्मालाई देउवा प्यानलमा नराखेपछि उनी पनि लिफ्ट खोज्दै हिडेका छन्। सिटौला शर्मा र गगनलाई जसरी हुन्छ धुलो चटाउने रणनितीमा छन्।