तितरबितर पार्दै कोइराला परिवारमा बाँधियो बाँध, सुजाताले प्रकाशमानलाई हालिन् काँध

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला कोइरालाले उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले सभापतिका दाबेदार प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।

नेता सिंहको सम्पर्क कार्यालयमा आज पत्रकार सम्मेलन गरेर उक्त घोषणा गरेकी हुन्। पत्रकार सम्मेलनमा नेता सिंह पनि सँगै उपस्थित भएका थिए। यो भए संगै कोइराला परिवार तितरबितर भएको छ।