तेस्रो धारको उत्तराधिकारी प्रदीप पौडेल हो भन्दै सिटौलाले दिए यस्तो सन्देश

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले तेस्रो धारको उत्तराधिकारी प्रदीप पौडेल रहेको सन्देश दिएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै सिटौलाले पौडेलले आफ्नो समूहको नेतृत्व गर्ने बताए । ‘अब छोराछोरीहरूको पालो हो । युवाहरूको पालो हो । मैले हिजै भनिसकेको छु, आज पनि भन्छु- प्रदीप पौडेलले युवाहरूको नेतृत्व गर्नुहुनेछ,’ सिटौलाले भने ।

उनले विभिन्न अभाव र संकटमा साथ दिएकालाई आफूले छोड्न नसक्ने भएकाले उनीहरूलाई अघि बढाउने उद्घोष सिटौलाले गरेका हुन् ।