कांग्रेसको आजै बन्द सत्र, भाेलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसकाे उद्घाटन सत्र सकिने बित्तिकै बन्द सत्र सुरु हुने भएकाे छ । भाेलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएकाले आजै बन्द सत्रकाे कार्यक्रम राखिएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

दिउँसो १ बजे नै सुरु हुने भनिएकाे भए तापनि महाधिवेशनको उद्घाटन समारोह सवा एक घण्टापछि सुरु भएकाे थियाे ।शर्माका अनुसार भाेलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गराउनु पर्नेछ।