२१ बर्ष पछि ८ बर्षिया बालिका बलात्कार गरेर फरार भएका अपराधीलाई प्रहरीले पार्यो कर्याप्पै

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

ललितपुरको झम्सिखेलबाट एक जना फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ का ४१ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई २०५७ साल असार २३ गते उच्च अदालत पाटनले ३ वर्षको कैद सजाय सुनाएको थियो ।

उनले २०५५ जेठ १२ गते ललितपुर महानगर–१८ मा आफ्नै नाता पर्ने ८ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर करणी गरेका अदालतले प्रमाणित गरेको थियो । उनले बालिकालाई करणी गर्न नदिए मारिदिने र करणी गरेबापत १० रुपैयाँ दिने भन्दै घरको कोठामा लगेर जबरजस्ती गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् ।