मञ्जुश्री फाइनान्सले घोषणा गर्यो बम्पर लाभांश, कति बोनस,कति नगद ?

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् । हाल ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी १ अर्ब ३५ १५ लाख ५२ हजार ८४९ रुपैयाँ पुग्नेछ ।