सिंह टसको मस नभएपछि पौडेललाई तगारो, पाँच बजेको बैठकमा कसले हाल्दैछ सभापतिको चारो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उद्घाटन सत्र सुरु भइसक्दा पनि संस्थापन इतर समूहबाट साझा उम्मेदवारको टुंगो लाग्न सकेको छैन। केही दिनदेखिको निरन्तर छलफलका बाबजुद पनि सभापतिका आकांक्षीहरु ब्याक हुन मानेका छैनन्।

साझा उम्मेदवार तय गर्न उक्त समूहको बैठक आज साँझ बस्ने भएको छ। उद्घाटन सत्र सकिएपछि साँझ ५ बस्ने बैठक बस्ने बताइएको छ। आजको बैठकले जसरी भए पनि उम्मेदवार तय गर्ने उक्त समूहका एक नेताले बताए।

‘उद्घाटन समारोहपछि संस्थापन इतरको बैठक सहित केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल राखिएको हो।’ उनका अनुसार पौडेलको निवास निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चार जना आकांक्षीसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर हिँडेका थिए।

संस्थापन इतर समूहमा सभापतिका चार जना आकांक्षीहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला छन्। शशांक र शेखर रामचन्द्रका लागि पछि हट्न तयार भए पनि प्रकाशमान भने टसको मस भएका छैनन्। आजको बैठकबाट पनि प्रकाशमान सहमतिमा नआए रामचन्द्रलाई अघि सार्ने निर्णय गर्ने मनस्थितिमा उक्त समूह पुगेको छ।

उता, सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले पनि पौडेलको हकमा आफू पछि हट्न सक्ने बताएका छन्। पौडेलको पक्षमा शेरबहादुर देउवा र प्रकाशमान सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ।