यस्तो हुनेछ आजको मौसम, कता पानी पर्छ ? कता चिसो बढ्छ ?

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

आज देशभरको मौसमी अवस्था सामान्य रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्य रहेको जारी बुलेटिनमा उल्लेख छ । दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी राति प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको सूचनामा उल्लेख छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउँदै अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनसमेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।