ओलीको स्वास्थका बारेमा सचिवालयले खोल्यो मुख, कस्तो छ ओलीलाई ?

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

‘सामान्य रुघाखोकी हो । आराम गरिरहनुभएको छ । चिकित्सकलाई देखाउनु पर्ने अवस्था छैन,’ ओलीका प्रेस संयोजक रामशरण बजगाइँले भने ।

तीन दिनयता अस्वस्थ भएपछि ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् । ओलीले बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम थियो । तर, अस्वस्थताकै कारण उनी उक्त कार्यक्रममा सहभागी भएनन् ।