२११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु हुँदा ३२९ जना निको भए

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ४५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २११ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार १८ जनाको पीसीआर र १ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट १९७ जना र एन्टिजेन परीक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ।

गत २४ घण्टामा ३२९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।