रक्षामन्त्री समेत रहेका रिजालले प्रधानमन्त्री देउवालाई धुलो चटाउने भन्दै यसरी खोले फायर

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन् । रिजाल रक्षामन्त्री समेत हुन्। उनले प्रधानमन्त्री समेत रहेका सभापतिका उम्मेदवार शेर बहादुर देउवालाई जसरी भए पनि धुलो चटाउने बताएका छन्।

आज बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरे ।

कांग्रेस नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उनले यसका लागि आफूहरू क्रियाशील रहेको बताए । कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ ।

कांग्रेसकाे संस्थापनइतर समूहबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पाैडेलसहित, शशांक काेइराला, शेखर काेइराला र प्रकाशमान सिंहले दाबी गरेका छन् । काेइराला दाजुभाइले पाैडेललाई समर्थन गर्ने संकेत गरिरहँदा सिंहले आफू पछि नहट्ने बताइरहेका छन् ।