मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई कति दिने भयो लाभांश ?

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।