उच्च स्पीड इन्टरनेट सेवा दिन भायानेटले ल्यायो यस्तो अफर

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले नयाँ अफर ल्याएको छ ।

यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्ने कम्पनीको दाबी छ।

अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो।

२ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिँदा प्रति महिना मात्र १२ सय ५० पर्न आउँछ । यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको छ ।