गगन थापाले आज यस्तो अवधारणापत्र सार्वजनिक गर्दै महामन्त्रीको लाईन क्लियर गर्ने

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन्।

थापाकाे सचिवालयका अनुसार उनले दिउँसाे ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्पसहितकाे अवधारणापत्र सार्वजनिक गर्न लागेकाे हाे।

‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन्।

भाेलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन्।