रामचन्द्रले बोलाएको भेला शेखर र प्रकाशमानले किन गरे बहिष्कार ? को साझा अझै लागेन पार

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष)को भेला सुरु भएको छ। पौडेलपक्षको भेला बानेश्वरस्थित अनुपम फुडल्यान्डमा बुधबार बिहान सुरु भएको हो।

संस्थापनइतरको बैठकमा सभापतिका आकांक्षीहरु शेखर कोइराला र प्रकाशमान सिंह भने उपस्थित छैनन्। भेला सुरु भए लगत्तै वरिष्ठ नेता पौडेल भने भेलास्थलबाट बाहिरिएका छन्।

भेलामा रामशरण महत, अर्जुननर सिंह केसी, मिनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडु, चित्रलेखा यादव लगायतका नेताहरु उपस्थति छन्।

त्यस्तै जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय सदस्य मात्रै सहभागी भएका छन्।
भेलाले नेताहरुलाई उम्मेदवारीका विषयमा राय दिने बताइएको छ।

संस्थापनइतरले आज सभापतिमा साझा उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ। मंगलबार चाक्सीबारी बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बेलुकासम्म साझा उम्मेदवार तय गर्ने बताएका थिए। उक्त पौडेलले सभापतिका आकांक्षीसँग छुट्टाछुट्टै छलफलसमेत गरेका थिए।

छलफलपछि सभापतिका आकांक्षी मध्येका शशांक कोइरालाले दाबी छाडेको बताएका थिए। आसन्न महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारीमा छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन्।