कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका पूर्व मन्त्री टेक बहादुर गुरुङ को हुन् ? किन जिताउने ?

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

१४ औं महाधिवेशनले नेपाली कांग्रेसलाई छपक्कै छोपेको । नेतृत्वमा पुग्न नेताहरू बीच चर्को रस्साकस्सी शुरु भई सकेको छ। महाधिवेशन प्रतिनिधी युवा उमेरका धेरै आए संगै कांग्रेसको महाधिवेशन रोचक हुने आंकलन गरिन थालेको छ।

उम्मेद्वारी घोषणा गर्नेको संख्या पनि बढिरहेकै छ। यहि मेसोमा दुई कार्यकाल मनाङ कांग्रेसको सभापति भएर सफल नेतृत्व गरिसकेका पूर्व मन्त्री टेक बहादुर गुरुङले पनि जनजाति कोटा अन्तर्गत नेपाली कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्।

श्रम तथा रोजगार मन्त्री छँदा गुरुङले जनताका पक्षमा अझ नेपाली श्रमजीवीका पक्षमा काम गरेका थिए। कांग्रेस मात्रका प्रिय नभएर गुरुङ बिपी कोइरालाको समाजबाद संग मिल्ने ब्यबहारका कारण सिंगो देशका कांग्रेसी माझ परिचित छन्। युवा मैत्री नेता गुरुङ युवाका मामिलामा उतिकै सक्रिय छन्।

मनाङ कांग्रेसमा गुरुङकै सक्रियतामा निर्विरोध नेतृत्व चयन भएको थियो। युवा परिचालन र रोजगारीका साथै विकाशप्रेमी र बिपीले अङ्गीकार गरेको नितीलाई अक्षरश ब्यबहारमै पालना गर्ने गुरुङलाई केन्द्रिय सदस्यमा जिताउन सबै युवा र महाधिवेशन प्रतिनिधि लाग्नु पर्ने भन्दै यतिबेला अभियान नै चलेको मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङले छानबिनलाई बताए।

पूर्व मन्त्री गुरुङको उम्मेद्वारी घोषणाले कांग्रेस भित्रका उर्जावान युवा र नेतालाई उर्जा मिलेको समेत चर्चा हुन थालेको छ। कांगेसका सबै शीर्ष नेता संग उत्तिकै सम्बन्ध भएका गुरुङ बिकाश प्रेमी र अनवरत राजनितीमा होमिएका नेता हुन्। मनाङमा गएको बाढी पहिरोले गरेको क्षति र त्यहाँको संरचना निर्माणमा गुरुङले गरेको काम र सक्रियताले उनको थापा परिचय समेत खुलेको छ। एकै पटक केन्द्र सरकारका मन्त्री र सचिवलाई मनाङ पुर्याएर गुरुङले त्यहाको बिकाश निर्माणलाई तिब्रता दिएका छन्।

गुरुङको उम्मेद्वारीले कांग्रेसका महाधिवेशन प्रतिनिधी उत्साहित मात्र बनेका छैन ताप्लेजुङ्ग देखि दार्चुला सम्मका महाधिवेशन प्रतिनिधी गुरुङलाई अत्याधिक मतले जिताउन लागिपरेका छन्।