रामचन्द्र पौडेलले त्याग गर्ने, को बन्दैछ सभापतिको उम्मेदवार ?

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन् । नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा जारी आफूपक्षीय नेताहरुको छलफलमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्याग गर्ने बताएका हुन् ।

‘तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । हैन भने मलाई नै सघाउनुस्,’ नेता पौडेलले बैठकमा भनेको उद्धृत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘सबै नेताहरु त्यागको भावनाबाट ओतप्रोत हुनुहुन्छ । एकता हुन्छ । साझा उम्मेदवार तय नगरे उपाय छैन । माथि मिलेपछि पदाधिकारी को त हामी दुई घन्टामै सम्पन्न गर्छौं । हामी एउटा उम्मेदवार बनाउँछौं ।

नेता सिंहले पनि साझा उम्मेदवारबारे छलफल भइरहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बताए । नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले बैठकस्थलबाहिर प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।