३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ सय ४ जना निको भए, २ को ज्यान गयो

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मंत्रालयले जानकारी दिएको छ ।

यससँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४ जना उपचारपछि निको भएका छन् । सोही अवधिमा ११ हजार ८ सय १० जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ९ हजार ३ सय ८६ को पीसीआर र २ हजार ४ सय २४ को एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकमा ६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन् । मंगलबार १ लाख २७ हजार ७ सय ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएकको मन्त्रालयले जानकारी दिएको छ ।