सेयर बजारमा गयो पहिरो, आज धेरै मूल्य घटेका यी हुन् १० कम्पनी

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । बजार खुल्नसाथ ३५ अंकले बढेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको छ। सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर ३ अर्बमा सीमित भएको छ ।

मंगलबार सेयर बजार मापक सूचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा आइपुगेको छ । आज २३१ कम्पनीको ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष समूह र व्यापार बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २. प्रतिशतले घटेको छ । यस्तै, अन्य र फाइनान्स समूह पनि ३.८५ प्रतिशतले धेरैले घटेको छ ।

आज प्राइम कमर्शियल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक साढे ११ करोड र आइसीएफसी फाइनान्स ११ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज आइसीएफसी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.६५ प्रतिशतले घटेको छ । त्यसैगरी, कालिका काइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र सिनर्जी पावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, हिमालयन फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्टर फाइनान्स, मेरो माइक्रोफाइनान्स, गुडविल फाइनान्स र सामलिङ पावरका लगानीकर्ताले पनि ५ प्रतिशभन्दा धेरै गुमाएका छन् । घट्दो बजारमा आज सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै ४.६५ प्रतिशत कमाएका छन् ।