सरकारले एकै पटक १,६१३ स्थानीय तहका कर्मचारीको गर्यो सरुवा (सरुवा लिस्ट सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

स्थानीय तहका १ हजार ६ सय १३ कर्मचारीको सरकारले काज सरुवा गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १,६१३ जना कर्मचारीको काज सरुवाको निर्णय आज मंगलबार सार्वजनिक गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीका अनुसार स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय भएको हो । उनका अनुसार स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको छ ।

नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । सरुवा भएर हिड्ने र जाने दुवै स्थानीय तहको सहमतीमा मात्रै काजको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको मन्त्रालयले जनाएको छ ।

काज सरूवाको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।