यी दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनाको अबस्था कस्तो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । प्राइम कमर्शियल बैंक र ग्लोबल आइएमई सम्मुनत स्कीम १ ले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर २२ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

प्राइम बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस ६ गते बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, ग्लोबल आइएमई सम्मुनत स्कीम १ ले गत वर्षको नाफाबाट घोषणा गरेको १०० प्रतिशत नगद लाभांश सुरक्षित गर्न आजसम्म सेयर किन्नु पर्नेछ ।