सुन्धारा, ठमेल र गौशालामा कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई सुताईने, खाने ठाउँ कहाँ ?

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

मंसिर २४ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधिका लागि बस्न तीन ठाउँमा होटल बुकिङ गरिएको छ।

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालामा बस्ने व्यवस्था गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताए।

हालसम्म तीन हजार ८ सय प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको उनले बताए। महाधिवेशनमा चार हजार ७ सय प्रतिनिधि सहभागी हुने उनको भनाइ छ। समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ।

महाधिवेशनमा सहभागी हुनेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धरामा रहेको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिने पाण्डेले बताए।