विद्युतीय मेसिन प्रयोग गर्न कांग्रेसको निर्वाचन समितिको प्रस्ताब

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको निर्वाचन समितिले महाधिवेशनमा सभापतिसहित पदाधिकारीबाहेक केन्द्रीय सदस्यका लागि हुने मतदानमा विद्युतीय मेसिन प्रयोग गर्न सुझाव दिएको छ ।

महाधिवेशनका लागि बनाइएका विभिन्न समितिका प्रमुखसँग सभापति शेरबहादुर देउवाले गरेको छलफलमा उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् । नभए केन्द्रीय सदस्यको मत गणनामा महिनौँ लाग्न सक्ने भन्दै विद्युतीय मेसिन प्रयोग गर्न सुझाव दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार यसबारेमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल गरेर निर्णय लिने सभापति देउवाको भनाइ थियो । सभापति देउवाले महाधिवेशनमा महामन्त्रीले संगठनको प्रतिवेदन, कोषाध्यक्षले लेखा प्रतिवेदन तथा विधान अनुमोदनबाहेक तत्कालै चुनावको थालनी हुने जानकारी गराएका थिए ।