देउवा संग भिड्ने मान्छे खोज्न बोहराटारमा चार भाईको बैठक शुरू, को-को छन् ?

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गएपछि इतर समूहबाट सभापतिका चार दाबेदारको बैठक बोहराटारमा सुरु भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापतिमा दाबी गरेका चार नेताहरु केही बेरअघि बोहराटारमा भेला भएका हुन्।

पौडेल निवासमा सुरु भएको बैठकमा आफ्नो समूहबाट एकल उम्मेदवार बनाउनेबारे छलफल केन्द्रित हुने बताइएको छ। बैठकमा पौडेल सहित, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला सहभागी छन्।

उनीहरु चार जनाबीच एकजनालाई सभापतिको साझा उम्मेदवार बनाउने विषयमा अझैसम्म सहमति जुट्न सकेको छैन।