आज सेयर बजार चम्किदा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै, कुनको अबस्था कस्तो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से ३२.२२ अंकले बढेर २५४६.०८ को बिन्दुमा रोकीएको हो ।

आज २२७ कम्पनीको ९४ लाख ७७१ हजार ३११ कित्ता सेयर कारोबार भएको हो । यसदिन ६९ हजार ८ सय ८८ पटकमा ४ अर्ब ५४ करोड २३ लख ४५ हजार रुपैयाँँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढेको छ ।

यस्तै, हाइड्रो पावर र फाइनान्स समूहको पनि सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन सबैभन्दा धेरै सेयर कारोबार हुुने कम्पनीमा नविल बैेंक रहेको छ । यसको १७ करोड १५ लाख रुपैेयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, नेशनल हाइड्रोको १५ करोड ३२ लाख,हिमालयन डिस्ट्रीलरीको १४ ककरोड ९७ लाख, महालक्ष्मी विकास बैंक १४ करोड ४५ लाख र नेपाल दुरसंञ्चार कम्पनी १३ करोड रुपैयाँँको कारोबार हुँदैे सर्वाधिक कारोबार हुने हुने कम्पनीको शीर्ष पाँचमा रहे ।

आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् । यस्तै, एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.५५ प्रतिशतले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुमाउनेमा जनउत्थान सामुदायीक लघुवित्तका लगानीकर्ता रहेका छन् । यसदिन उक्त संस्थाको सर्वाधिक ६.८८ प्रतिशतले सेयर मूल्य घटेको छ । यसैगरी न्यादी हाइड्रोपावरका लगानीकर्ताले करिब ५ प्रतिशतले गुमाएका छन् ।