नेपालमा २६५ जना कोरोना संक्रमित थपिए, ३५७ जना कोरोना मुक्त हुँदा २ ले ज्यान गुमाए

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनाको परीक्षण गर्दा २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ११४ जनाको पिसिआर र एक हजार ५०३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, सोमबार संक्रमित हुनेको तुलनामा निको हुनेको संख्या भने बढी छ ।

देशभरबाट सोमबार ३५७ जना कोरोना मुक्त भएका छन् । साथै सोमबार नेपालमा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

यस्तै, हालसम्म नेपालमा ९ लाख १८ हजार ४४९ जना कोरोना संक्रमित भएका छन् भने ८ लाख चार हजार १०९ जना निको भएका छन् ।
सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ भने, निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।