देउवालाई लाग्यो तातो, प्रधानमन्त्री भएपछी आज बल्ल पुगे सानेपा

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

काँग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् । महाधिवेशन तयारीका लागि गठन भएका विभिन्न विभागका प्रमुखहरुसँग देउवाले महाधिवेशनको तयारी, जानकारी तथा सुझाव लिन बैठक बोलाएका हुन् ।

सभापति देउवाले त्यसका लागि ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो साढे ४ बजे बैठक बोलाएको कार्यलय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । काँग्रेसको १४ महाधिवेशन अवको तीन दिनपछि अर्थात मंसिर २४ गते उद्घाटन हुँदैछ ।

प्रधानमन्त्री भएपछी देउवा आज पहिलो पटक पार्टी कार्यालय पुगेका छन्।