नेपालमा पनि फेला पर्यो कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमीक्रोन’, कति जनामा देखियो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो।

मंसिर ३ गते नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र ७१ वर्षीय नेपाली नागरिकमा नयाँ भेटिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कन्ट्याकट्रेसिङमा ६६ जना रहेको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन्।